धरान : धरान ५ देउरालीबाट घरपालुवा पशुचौपायलाई लाग्ने रोगबाट बचाउन निःशुल्क खोप दिन सुरु गरिएको छ ।

सम्भावित महामारी फैलिन नदिनका लागि शर्तकता अपनाउन क्लासिकल स्वाइन फिभर, पि.पि.आर. र खोरेँत रोगको विरुद्ध खोप दिन सुरु गरिएको हो । आज धरान ५ देउरालीमा नगर नगर प्रमुख तिलक राईले नगर स्तरीय निःशुल्क खोप सेवा कार्यक्रमको शुभारम्भ गरेका हुन् ।

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र सुनसरीको सहयोगमा धरान उपमहानगरपालिका पशु सेवा शाखाको आयोजनामा निःशुल्क खोप दिन सुरु गरिएको हो । ‘पशुको संक्रमक रोकथाम र कृषकहरूको क्षति न्यूनीकरण हाम्रो अभियान’ भन्ने मूल नाराका साथ बाख्रा र सुगरलाई खोप दिन सुरु गरिएको पशु सेवा शाखाले जनाएको छ ।

बाख्रालाई निःशुल्क खोप (पीपीआर) लगाउन आजबाट नै सुरु गरिएको छ । उक्त वडामा चार जना प्राविधिक स्वयंसेवक खटाइएको छ । उनीहरूलाई नगर प्रमुख राईले खोप तथा औषधी सामग्री हस्तान्तरण गरेका छन् ।

धरान उपमहानगर प्रमुख राईले पशु शाखाबाट प्रदान गरिँदै आएको सेवाहरूको बारेमा किसानलाई सही ढङ्गबाट सल्लाह, सुझाव र परामर्श दिन आग्रह गरे । क्लासिकल स्वाइन फिभर, पि.पि.आर।.र खोरेँत रोगको विषयमा किसानलाई सही ढङ्गले जानकारी दिनुपर्ने उनले बताए ।

उनले भने ‘खोपको बारेमा किसानलाई थाहा हुनुपर्छ ।’ खोप लगाए पछि किसानहरू पूर्ण रूपमा लाभान्वित हुनुपर्ने उनको भनाई थियो । ‘किसानको मनोविज्ञान पनि सकारात्मक हुनुपर्‍यो, हामीले खोप लगायौ है, यो खोप यस्तो छ, यसको असर यस्तो र छ भनेर फाइदा बेफाइदा छुट्याउन सक्नुपर्‍यो’ उनले भने ।

उनले खोप लगाएर मात्र नहुने भन्दै खोप लगाइसकेपछि निरीक्षण तथा अनुगमन गर्न पनि पशु शाखालाई निर्देशन दिए । आर्थिक विकास महाशाखा अन्तर्गतका पशु सेवा शाखाका प्रमुख महेन्द्र कुमार पैकराले खोप अभियानमा आधिकारिक व्यक्ति खटाइएको बताए ।

आगामी वर्षदेखि खोप तथा रोगको बारेमा किसानहरूलाई प्रचार प्रसार गर्ने बताए । उनले भने, ‘टोल टोलमा पुगेर खोपको बारेमा पर्चा वितरण गर्नेछौँ, भोलि गएर यो भ्याक्सिन प्रयोग गर्दा नकारात्मक असर पार्दैन, कुन संस्थाबाट खोप आएको हो भनेर मानिसहरूलाई जानकारी गराउने छौँ ।’

प्राविधिकहरूलाई खोपको बारेमा कति दिनसम्म काम गर्छ रु कस्तो अवस्थामा दिने रु कस्तो अवस्थामा नदिने रु भनेर तालिम दिएको जानकारी दिए । प्रत्येक घरघरमा गएर प्राविधिकहरूले किसानलाई जानकारी गराउने पनि उनले बताए ।

पशु सेवा शाखाका डाक्टर विर्ख बहादुर राईले धरानको पशुपालन बढी गरिने क्षेत्रलाई लक्षित गरी निःशुल्क खोप कार्यक्रम सञ्चालन गरिएको जानकारी दिए ।