इटहरी : इटहरी उपमहानगरका सबै वडाहरूमा स्वास्थ्य इकाई पुर्‍याउने उद्देश्यले वडा नम्बर १० मा स्वास्थ्य इकाई भवनको शिलान्यास गरिएको छ ।

इटहरी उपमहानगरका प्रमुख द्धारिकलाल चौधरीले बुधवार बिहान स्वास्थ्य इकाई भवनको शिलान्यास गरेका छन् । उनले यही आर्थिक वर्षमा भवन निर्माण सम्पन्न गरेर स्वास्थ्य सेवा प्रदान गर्न थालिने जानकारी दिए ।

निर्माणको गुणस्तर र समयमा कुनै सम्झौता नहुने प्रस्ट पारे । इटहरीका सबै वडामा स्वास्थ्य संस्था पुर्‍याउन यो आर्थिक वर्षमा १४ वटा स्वास्थ्य इकाई निर्माण गरिने उनले जानकारी दिए ।

ती मध्ये १० वटा शिलान्यास भएर काम सुरु भएको र केही सम्पन्न हुने अवस्थामा पुगेको बताए । वडाध्यक्ष प्रकाश चौधरीले गाउँघरमै आधारभूत स्वास्थ्य सेवा पाइने अवस्था सृजना हुनु खुसीको कुरा हो भन्नुभयो ।

कार्यक्रममा इन्जिनियर अनिल तिम्सिनाले २४ लाख १७ हजार ६ सय १७ रुपियाँको लागतमा एकतले चार कोठे भवन निर्माण हुने जानकारी गराए । ठेकेदार जोखन सरदारले समयमै काम सक्ने प्रतिबद्धता जनाए ।