धरान : वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको पार्किङ क्षेत्रबाट तार काटेर मोटरसाइकल चोरी गर्ने प्रयास गर्दागर्दै २ जना पक्राउ परेका छन् ।

इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी ज्ञानेन्द्र बहादुर बस्नेतले दिएको जानकारी अनुसार रामधुनी नगरपालिका १ बस्ने २१ वर्षीय आकाश चौधरी र २० वर्षीय अनिमेष चौधरी रहेका छन् ।

उनीहरूले पार्किङ क्षेत्रमा पार्किङ गरिएको मोटरसाइकलको तार काटेर स्टार्ट गर्ने प्रयास गरिरहँदा सर्वसाधारणले उनीहरूको गतिविधि शङ्कास्पद लागेर प्रतिष्ठानका सुरक्षा गार्डलाई खबर गरेका थिए ।

उनीहरूलाई रंगेहात पक्राउ गरिएको प्रहरीले बताएको छ । उनीहरूले को ३५ प १२८९ नम्बरको पल्सर मोटरसाइकलको तार काटेर चोरी गर्ने प्रयास गरेका थिए । उनीहरूलाई इलाका प्रहरी कार्यालयमा हिरासतमा राखी चोरी कसुरमा कारबाही अघि बढाइएको डिएसपी बस्नेतले बताए ।