धरान : चिनजानको भनेर विश्वास गरी बाइकमा चढेर यात्रा गर्दा मोरङकी १४ वर्षीय बालिका सामूहिक बलात्कारमा परेकी छन् ।

मोरङको जहदा गाउँपालिका-१ कि १४ वर्षीय बालिकाको सोमबार राति ९ बजे सामूहिक बलात्कार भएको प्रहरीले जनाएको छ ।

बाइकमा चढेर गएकी बालिका नफर्किएपछि अभिभावकले खोजी गर्दा दुई जनाले जबरजस्ती मोटरसाइकलमा राखेर बोर्डर लगेको खुलेको छ ।

२७ गते बिहान प्रहरीलाई सूचना आएको मोरङका प्रहरी प्रमुख सन्तोष खड्काले जानकारी दिए । उनका अनुसार घटनामा प्रयोग भएको को २२ प १८१६ नम्बरको मोटरसाइकल पनि फेला परेको छ ।

बालिकाको तर्फबाट अभिभावहरूले इलाका प्रहरी कार्यालय रानीमा मङ्गलवार जाहेरी दर्ता गरेका छन् । बालिकाको स्वास्थ्य परीक्षणका लागि माइती नेपालको सेफ हाउसमा राखिएको प्रहरी जनाएको छ ।

घटनामा संलग्न आरोपीहरू भारत तर्फ भागेको प्रहरीको आशङ्का छ । भारत प्रहरी सँग समन्वयन गरी खोजी कार्य भइरहेको खड्काले कपुरीलाई जानकारी दिए ।

सो घटनाको अनुसन्धान गर्न प्रहरीले बताए ३ जनाको टोली गठन गरेको छ ।