धरान : छुरा प्रहार गरी फरार रहेका धरान ५ देउराली किसान चौकका एक जनालाई धरान प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय धरानले दिएको जानकारी अनुसार कार्तिक २८ गते साँझ धरान १५ सेउती खोलाको बगरमा सोही स्थान बस्ने वर्ष २२ को विष्णु बेघालाई धारिलो हतियार छुरा प्रहार गरेर गम्भीर घाइते बनाई फरार रहेका धरान ५ देउराली किसान चौक बस्ने वर्ष २४ को तेज बहादुर भन्ने तेन्जिङ तामाङलाई खोजतलासको क्रममा माघ २७ गते धरान प्रहरीले पक्राउ गरेको हो ।

उनलाई सुनसरी जिल्ला अदालतबाट ज्यान मार्ने उद्योग कसुरमा म्याद थप गरी इलाका प्रहरी कार्यालय धरानबाट थप अनुसन्धान भई रहेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।