धरान : धरान १७ मा आफ्नै छोरीलाई जबरजस्ती करणी प्रयास गरेको आरोपमा बाबु पक्राउ परेका छन् ।

४२ वर्षीय बाबुले आफ्नै १२ वर्षकी छोरीलाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ गरेको इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक हेमराज ओलीले जानकारी दिए ।

जबरजस्ती करणी उद्योगको आरोपमा पक्राउ परेका बाबुलाई सुनसरी जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

पीडितले दिएको उजुरीमा आमा काममा गएको समय अनेक प्रलोभन देखाएर कोठामा पटक पटक करणी प्रयास गरेको उल्लेख गरिएको छ ।