धरान : प्रहरीले नेकपा प्रचण्ड–माधव समूहकी नेतृ रामकुमारी झाँक्रीलाई उनको निवासबाटै पक्राउ गरेको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीबारे दिएको अभिव्यक्तिलाई लिएर प्रहरीले झाँक्रीलाई पक्राउ गरेको हो । यसअघि महाशाखाले झाँक्रीलाई सोधपुछका लागि बोलाएको थियो । तर झाँक्रीले पक्राउ पुर्जीबिना जान अस्वीकार गरेकी थिइन् ।

गोरखामा आयोजित एक कार्यक्रममा राष्ट्रपतिबारे गरेको टिप्पणीलाई लिएर नेकपा ओली समूह सम्बद्ध अनेमसंघले रामकुमारीलाई कारबाही गर्न माग गरेको थियो ।

झाँक्रीको पक्राउको विरोधमा उनको निवास बाहिर नेकपा प्रचण्ड माधव समूहका धेरै कार्यकर्ता भेला भएका थिए । पक्राउ पर्नुअघि उनले सम्बोधन गर्दै आफू राज्यको कानुनको पालक भएको बताएकी थिइन् । अखिल नेपाल महिला सङ्घले दिएको उजुरीका आधारमा झाँक्रीलाई नियन्त्रणमा लिइएको प्रहरीले बताएको छ ।

Pakrau-Purji