धरान : मोरङको जहदा गाउँपालिका १ बस्ने ५५ बर्षीया जोखनी देवी सवरीयालाई धारिलो हतियार प्रहार गरी हत्या गरेको आरोपमा गौरीजञ्ज नगरपालिका १ का २७ बर्षीय प्रेमलाल मण्डल पक्राउ परेका छन् ।

सवरियाका ज्वाइँ नाता पर्ने मण्डलले बुधवार बिहान सवा ७ बजेको समयमा सामान्य घरायसी वादविवादको विषयमा धारिलो हतियार दाउले टाउकोमा प्रहार गर्दा घाइते भएकी सवरियाको उपचारको क्रममा कोशी अस्पताल विराटनगरमा आज दिउँसो २ बजे मृत्यु भएको हो ।

सवरियाको हत्या आरोपमा पक्राउ परेका मण्डलको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।