झापा : भूगोलको हिसाबले हेर्ने हो भने सिक्किम भारतमा पर्छ । भारतको एक राज्य हो सिक्किम । तर, त्यहाँको रहनसहन, रीतिरिवाज, बोलीचाली प्राय नेपाल र नेपालीसँग मिल्छ । भारतको अधीनमा रहे पनि त्यहाँको बोलीचालीको मुख्य भाषा नेपाली नै हो ।

अझ नेपालमा जति हर्षोल्लासका साथ चाडपर्व मनाइन्छ त्यसको अझ बढी सिक्किममा पनि मनाउने गरिएको छ । स्थानीय सोम गुरुङ भन्छन्, “भूगोल फरक भएर के भो त परम्परा र चाड त एकै हो नि ।” त्यहाँ रहेका अन्य समुदायकाले पनि सबैको चाड र पर्व संयुक्त रूपमा मनाउने गरेको गुरुङ बताउँछन् । लोसार सिक्किमे गुरुङहरूको अति महत्त्वपूर्ण चाडका रूपमा लिने गरिन्छ ।

भारतीय ज्योतिषमा दुई-दुई महिनाको एउटा ऋतु गरी वर्षको छ ऋतु जनाएता पनि हिमाली पात्रोमा तीन–तीन महिनाको एउटा ऋतु मानेर वर्षको चार ऋतु मात्रको गणना गरिन्छ । भूगोलको देशान्तरले गर्दा ऋतुको मौसम प्रकट हुनु मसिनो खालको फरकपन देखा पर्दछ । त्यसले गर्दा पौष, माघ र फागुनलाई वसन्त ऋतु भन्ने वा माघ, फागुन र चैत्रलाई वसन्त मानि ऋतु विभाजन गर्ने भन्ने विवाद आई पर्ने गर्दछ । भारतीय ज्योतिषले भने वसन्त आरम्भ भनी वसन्त पञ्चमी (माघ पञ्चमी)लाई मान्दछन् । चीनीयाहरुले पनि आरुको फूल फुल्ने माघ महिनालाई नै पहिचान गरी वसन्त पर्व मनाउँछन् ।

सिक्किममा ल्होसारकै दिनभन्दा अघिल्लो साँझ देखिनै यसलाई मनाउन सुरु गरिन्छ । साँझ पूजापाठ, भोजभतेर, नाचगान गरी आधा रातमा ‘नयाँ वर्ष आयो’ भन्दै नयाँ वर्षको स्वागत गरिन्छ । ल्होसारको दिन बिहानदेखि नै ढोग-भेट, आशीष आदानप्रदान गर्दै नाता कुटुम्बलाई बोलाएर भोज खुवाएर बडो धूमधामका साथ मनाइन्छ ।

ल्होसारको दिन गुरुङ जातिहरू आफ्नै शैलीका भेसभुसा जस्तै शिरबन्दी, मखमली चोली, घलेक्क, पटुकी, छिट्को गुन्यु र मजेत्रो महिलाहरूले लगाएर सजिन्छन् भने पुरुषहरूले शिरमा टोपी, भोटो माथि भाङ्ग्रो लगाउँछन् र त्यसको साथमा कछाड अनि पटुकी बाँध्छन् ।

अन्य जातले जस्तै गुरुङ जातिहरूको पनि पर्वहरू मनाउने एउटा आफ्नै शैली छ, यी जातिहरूमा घाटु, सोरठी स्थानीय भाषामा चुड्का भनेर प्रचलित नाच कौडा नाच नाचेर आफ्ना परिवार, साथीभाइहरूसँग रमाइलो गर्छन् । गुरुङ जातिहरूको महान् चाड भएकोले प्रधानमन्त्री र अन्य ठुला व्यक्तित्वद्वारा पनि ल्होसारको शुभकामना आदान प्रदान गरिन्छ । यति बेला सिक्किममा ल्होसारको छुट्टै रौनक छ ।

सिक्किमका राज्यपालद्वारा राज्यवासीहरूमा सोनाम ल्होसारको शुभकामना व्यक्त

Rajyapal-of-Sikkam

सिक्किमका राज्यपाल गङ्गा प्रसादले राज्यवासीहरूमा सोनाम लोसार पर्वको शुभकामना व्यक्त गरेका छन् । राज्य पालले बिहीबार एक सन्देश गर्दै भनेका छन्, यो पर्वले हाम्रो जीवनमा एउटा नयाँ आशाको किरण लिएर आउने छ, साथै उज्ज्वल भविष्यको निर्माण गर्नेछ ।

उनले यो पर्वको माध्यमद्वारा सबैको जीवनमा सुख, शान्ति, समृद्धि, सद्भावना जस्ता गुणहरूको विकास होस भन्ने कामना पनि गरेका छन् ।