धरान : धरान उपमहानगरका प्रमुख तिलक राईले तामाङ जातिको महान् चाड सोनाम ल्होसारको अवसरमा शुभकामना व्यक्त गरेका छन् ।

आज एक शुभकामना सन्देश जारी गर्दै प्रमुख राईले धरानमा उल्लेखनीय उपस्थित रहेको तामाङ जातिको महान् चाड सोनाम ल्होसारको शुभ अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नगर बासी दिदीबहिनी तथा दाजुभाइहरूमा शुभकामना व्यक्त गरेका हुन् ।

शुभकामना सन्देशमा भनिएको छ, ‘धरान उपमहानगरपालिका विभिन्न जातजाति, भाषाभाषी र धर्मावलम्वीहरुको बसोबास रहेको सुन्दर नगरी हो । धरानमा बसोबास गर्ने बहुल जाति, बहुल धर्मावलम्वीहरुको आ–आफनो संस्कार संस्कृति र मौलिक पर्वहरु छन् । यही सन्दर्भमा धरानमा उल्लेखनीय उपस्थित रहेको तामाङ जातिको महान् चाड सोनाम ल्होसारको शुभ अवसरमा देश तथा विदेशमा रहनु भएका सम्पूर्ण नगर बासी दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु ।’

उनले बहुजातीय, बहुभाषिक, बहु सांस्कृतिक र बहु धार्मिक विविधतायुक्त नेपाली समाजमा यस्तो पर्व आपसी मित्रता, सद्भाव र एकताको प्रतिकका रूपमा समेत रहेको शुभकामना सन्देशमा उल्लेख गरेका छन् ।

‘हाम्रो यो विविधता नेपालका लागि मात्र नभएर विश्व समुदायमा पनि महत्त्वपूर्ण मानिन्छ । सोनाम ल्होसार पर्वले छुट्टै मौलिकता, परम्परा र सांस्कृतिक महत्त्व बोकेको छ । यी चाडले आफ्नो धर्म, संस्कृति, रीतिरिवाज र परम्पराको संरक्षणमा लाग्न सबैलाई प्रेरित गर्ने मैले विश्वास लिएको छु’ शुभकामना सन्देशमा भनिएको छ ।

यस्ता चाड पर्वले नेपालका सबै जातजाति एकताबद्ध भई आपसी सद्भाव तथा भातृत्व अभिवृद्धि गरी स्वच्छ, सुखी र समुन्नत नगर निर्माणको दिशामा अगाडि बढ्न समेत मेयर राईले आग्रह गरेका छन् ।

Sonam-Losar-sandesh