धरान : शनिवार धरानमा विद्युत अवरुद्ध हुने भएको छ ।

शनिवार बिहान ८ बजे देखी बेलुका ४ बजे सम्म धरान ७, ८ र १५ का केही क्षेत्रमा विद्युत् आपूर्ति बन्द हुने नेपाल विद्युत् धरान वितरण केन्द्र धरानका प्रमुख प्रताप बरालले जानकारी दिएका छन् ।

बरालका अनुसार निर्माणाधीन ११ के.भि.भानु फिडरमा पर्ने लाङ्गाली चौक देखि सिद्धकाली चौक सम्म तार स्तरोन्नति गर्ने स्विच जडान गर्ने भएकाले शनिवार बिहान ८ बजेबाट अपराह्न ४ बजे सम्म विद्युत् अवरुद्ध हुने भएको हो ।

उल्लेखित समय भन्दा अगावै काम सम्पन्न भए लाइन अगावै सुचारु हुने धरान वितरण केन्द्रले जनाएको छ ।