धरान : कोरोना महामारीको कारण निकै लामो समय बन्द रहेका मठमन्दिरहरू अहिले खुलेपछि मठमन्दिरहरूमा थामिनसक्नुको भिड बढेको छ ।

Budhasubba-9 3 धरानको विजयपुरमा रहेका बुढासुब्बा, दन्तकाली, पिण्डेश्वर र पञ्चकन्या मन्दिरहरूमा आज निकै ठुलो भक्तजनहरूको भिड रहेको छ । सबै भन्दा धेरै आज विजयपुरको बुढासुब्बा मन्दिरमा भिड रहेको छ ।

Budhasubba-11

बुढासुव्वामा आज बिहानै हजारौँ भक्तजनहरूको उपस्थितिले मन्दिर परिसर भरिभराउ भएको छ । मन्दिरमा भक्तजनहरूको घुइँचोलाई व्यवस्थापन गर्न मन्दिर परिसरमा बास गाडेर, डोरी टाँगेर व्यवस्थित गरिएको भए पनि मन्दिरको मूल ढोका र कुखुराको भाले चढाउन आउनेहरूको लाइन भने निकै खचाखच थियो ।

Budhasubba-8 1

यति धेरै भक्तजनहरूको उपस्थिति भए पनि बुढासुब्बा मन्दिरमा राज्यको तर्फबाट एक जना पनि सुरक्षाकर्मी भने देखिएनन् । नगर प्रहरी बाहेक अरू सुरक्षा निकायको कसैको पनि उपस्थिति देखिएन ।

Budhasubba-10

मन्दिर व्यवस्थापन समितिले भक्तजनका लागि व्यवस्थित बनाउने प्रयास गरेको भए पनि राज्यको तर्फबाट भने त्यस्तो पहल कदमी पटकै देखिएन ।

पछिल्लो समय केही दिन देखी बुढासुब्बा मन्दिरमा भक्तजनहरूको घुइँचो बढेको छ । विषेशगरी चैत र कार्तिक महिनामा भक्तजनको भिड हुने गरेकोमा यस पटक कोरोना महामारीको कारण सो समयमा भक्तजनहरूको उपस्थिति नभएकोले अहिले भिड बढेको स्थानियबासीहरु बताउँछन् । विजयपुरका मन्दिरहरुमा शनिबार र मंगलबार विषेश गरी भक्तजनहरुको भिडभाड हुने गर्दछ ।

Budhasubba-5 3

धरानको मुख्य धार्मिक पर्यटकीय क्षेत्र मानिएको विजयपुरमा सुरक्षाकर्मीको अत्यन्तै कम उपस्थिति रहेको छ । विजयपुरमा रहेका विभिन्न मठमन्दिरहरूमा एक जनाका दरले प्रहरी खटाउन परे एक जना जनशक्ति समेत नपुग्ने गरी विजयपुरमा रहेको अस्थाई प्रहरी चौकीमा प्रहरी छन् ।

Budhasubba-7

केही दिन अघि असईको कमान्डमा प्रहरी चौकीमा प्रहरी थिए भने अहिले हवलदारको कमान्डमा ३ जना मात्रै प्रहरी विजयपुर प्रहरी चौकीमा प्रहरी छन् । त्यसैले यस्तो धार्मिक पर्यटकीय स्थलमा सई सम्मको नेतृत्वमा प्रहरी जनशक्ति बढाउनुपर्ने विजयपुरबारीहरुको माग छ ।

Budhasubba-! Budhasubba 1 Budhasubba-1 1 Budhasubba-2 1 Budhasubba-3 1 Budhasubba-4 1 Budhasubba-6