धरान : मोरङको विराटनगर १५ स्थित हुलास मेटल एरियाबाट लागुऔषध गाँजा सहित दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सुनसरी इटहरी ५ का ५२ वर्षीय तेज बहादुर राई र सोही स्थानका ४१ वर्षीय पदम बहादुर राई रहेका छन् । शुक्रवार जोगबनी तर्फ जाँदै गरेको को २ ह ७२४१ नम्बरको अटोलाई विशेष सुराकका आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको थियो ।

नियन्त्रण पश्चात् अटोमा चेक गर्ने क्रममा बियरको काटुन् भित्र लुकाई छिपाई राखिएको अवस्थामा ४ केजी गाँजा फेला पारी बरामद गरिएको हो ।

यसरी अटोमा गाँजा फेला पारिएपछि अटो चालक पदम बहादुर राई र अटोमा सवार रहेका तेज बहादुर राई समेतलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।