धरान : नेपाल कम्युनिस्ट पार्टी नेकपाको ओली पक्षीय अनेरास्ववियू धरान उपमहानगर कमिटीको शपथ ग्रहण सम्पन्न भएको छ ।

अनेरास्ववियू केन्द्रीय कार्यालय सदस्य भास्कर खनालको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा अदितश्री अधिकारी संयोजक एनिस रेग्मी सह संयोजक रहेको यस कमिटीमा सुधाकर पोख्रेल सचिव रहेका छन् । यस कमिटीमा ९ जाना कार्यालय सदस्यहरू सहित ५१ सदस्यीय कमिटी रहेको छ । अनेरास्ववियू केन्द्रीय कार्यालय सदस्य भास्करले शपथ ग्रहण गराएका हुन् ।

कार्यक्रममा पार्टी केन्द्रीय सदस्य मुरारी सुवेदी,मोती राज सुनुवार, विजय राईको विशेष आतिथ्यता रहेको थियो । त्यसै गरी अनेरास्ववियू केन्द्रीय सचिवालय सदस्य आर्जन वाग्ले, अनेरास्ववियू केन्द्रीय सदस्य रवि खनाल ,सुदेस चापागाईँ, उमेश परियार, नीरज आचार्य, पूर्व केन्द्रीय सदस्य नवराज राई, हर्क एभेङ्ग , टिका लिम्बू , सुनसरी जिल्ला कमिटी संयोजक रोशन रेग्मी, सुनसरी जिल्ला कमिटी सचिवालय सदस्य, जिल्ला कमिटी सदस्य लगायत धरानका चारै वटा क्याम्पसका पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।