धरान : नेकपा सुनसरीका पदाधिकारी तथा सदस्यहरूको सपथग्रहण सम्पन्न भएको छ ।

नेकपा ओली समूहका नवनियुक्त अध्यक्ष रेवतीरमण भण्डारी,उपाध्यक्ष निलम खनाल, सचिव परशुराम यादव,सहसचिव लिलम बस्नेत,सङ्गठन विभाग प्रमुख योग्यराज खडका,कार्यालय सचिव राम कोइराला लगायत जिल्ला कमिटीका पदाधिकारी सदस्यहरूले शपथग्रहण गरेका हुन् ।

साबिकका थप गरी ४ सय ६७ सदस्यीय जिल्ला कमिटी गठन गरिएको छ । नेकपा प्रदेश अध्यक्ष देवराज घिमिरेले शपथ गराएका थिए । नेकपा ओली समूहले सुनसरीका वाहैवटा स्थानीय तहको अध्यक्ष समेत तोकेको छ ।

जिल्ला अध्यक्ष रेवतीरमण भण्डारीका अनुसार इटहरी अध्यक्षमा याम सुब्बा, धरानमा हर्कजंग एभेङ्ग, दुहबी खड्ग नारायण उराउ, वराहक्षेत्र गजेन्द्र थापा, रामधुनी योगेन्द्र खडका, इनरुवा विदुर सुवेदी, गढी प्रभाकर माझी, बर्जू दिल कुमार गुरुङ, देवानगंज राम प्रसाद मेहता, हरिनगर जय प्रसाद शाह, भोक्राहा नरसिंह अक्रम अन्सारी, कोसी रामखेलन शाह अध्यक्षमा चयन भएका छन् ।

बैठकले गत पौष ५ गतेको प्रधानमन्त्रीले लिएको निर्णयको हार्दिक समर्थन गर्ने प्रस्ताव पारित गरेको छ । बैठकले आगामी वैशाख १७ र २७ गते हुने निर्वाचनमा सुनसरी जिल्लाका चार ओटै निर्वाचन क्षेत्रमा विजयी हुने विश्वासका साथ दृढतापूर्वक अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

फागुन ८ गते विराटनगरमा हुने जनसभामा सुनसरिबाट ३० हजार सहभागिता गराउने गरी तयारी गरिएको बैठक पछि अध्यक्ष रेवतीरमण भण्डारीले जानकारी दिए ।