झापा : प्रधानमन्त्री केपी शर्मा ओली यही फागुन १६ गते झापा आउने भएका छन् ।

प्रधानमन्त्री आलीको गृह जिल्ला समेत रहेको झापाको आफ्नो निर्वाचन क्षेत्र नम्बर ५ का विभिन्न विकास आयोजनाहरूको उद्घाटन तथा शिलान्यास गर्न प्रधानमन्त्री ओली यही फागुन १६ गते दमक आउन लगेका हुन् ।

एक दिनका लागि आफ्नो गृह नगर समेत रहेको दमक आउन लागेका प्रधानमन्त्री आलीले झापाको दमक १ बाट चुलाचुली जोड्ने रतुवा खोलाको पुल उद्घाटन, मदन भण्डारी लोक मार्ग सडक खण्ड अन्तरगतको सुनसरीको चतारादेखी झापाको बाहुनडाँगीसम्मका खोलाहरूमा निर्माण हुने तिन दर्जन जति पुलको दमक स्थित बेलडाँगीबाट रतुवा खोलामा सबै पुलको एक साथ शिलान्यास गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीका निजी सचिवालयका सदस्य होम बहादुर थापाले जानकारी दिए ।

यसै गरी सोही दिन प्रधानमन्त्री ओलीले दमक १० स्थित साबिक १७ नम्बरबाट नलवारी जोड्ने मावाखोलाको पुल र दमक १० कै सेतुमारी स्थित रतुवा खोलामा निर्माण भएको गौरादहको बालुवथान जोडने पुलको पनि उद्घाटन गर्ने कार्यक्रम रहेको थापाले जानकारी दिए ।

यसै गरी सोही दिन राष्ट्रिय गौरवको आयोजनाका रूपमा हेरिएको दमक, कमल, गौरादहमा निर्माण हुनलागेको चाइना नेपाल फ्रण्डसीप इण्डट्रियल पार्क (औद्योगिक पार्क ) को पनि दमक, कमल र गौरादहको संगमस्थल सेतुमारी र बालुवथानको बिचमा प्रधानमन्त्री ओलीले शिलान्यास गर्ने कार्यक्रम तय भएको थापाले जानकारी दिए । प्रधानमन्त्री ओली सोही दिन काठमाडौँ फर्कने गरि कार्यक्रम तय भएको उनले बताए ।