धरान : सप्तरीको शम्भुनाथ ४ का २२ वर्षीय रोहित साहको करेन्ट लागेर मृत्यु भएको छ ।

शम्भुनाथ घर भएका साह विगत केही समय देखी मोरङ मिक्लाजुङ ६ स्थित मिक्लु खोलामा निर्माणाधीन भइरहेको पुलमा ज्यामीको काम गर्दै आइरहेका थिए ।

कामकै सिलसिलामा आईताबार मोटर चलाउने क्रममा अचानक बिधुत सर्ट भई करेन्ट लाग्दा उनी गम्भीर घाइते भएकोमा उनको उर्लाबारी स्थित मङ्गलवारे अस्पतालमा उपचारको क्रममा आईताबार अपराह्न ४ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।