धरान : नेपाली काँग्रेसका नेता डाक्टर शेखर कोइरालाले प्रदेश एक र तीनमा मुख्यमन्त्री विरुद्ध दर्ता भएको अविस्वासको प्रस्तावको पक्षमा नेपाली काँग्रेस उभिने स्पष्ट पारेका छन् ।

उनले ओलीको असँवैधानिक कदमविरुद्ध आन्दोलनरत दलले ओली पक्षीय टीमको समर्थनमा जान नहुने तर्क गरेका हुन् ।

धरानमा सुनसरी जिल्ला कमिटिले आयोजना गरेको विरोध सभामा बोल्दै कोइरालाले भने-‘मुख्यमन्त्री विरुद्धको प्रश्तावमा काँग्रेस उभिनुपर्छ र सरकार गिराउनुपर्छ ।’ उनले ओली सरकारले गरेका हरेक असँवैधानिक कदमको विरुद्ध काँग्रेस सडकमा उभिनुपरेको बताए ।

उनको टीममा अपराधिक पृष्ठभुमी भएका करिब १० जना मान्छे पार्टीमा भित्र्याएको भन्दै अपराधीहरुले सँरक्षण पाइरहेको तर्क गरे ।

अहिले भागीरथी र निर्मला पन्तहरु जस्ता बालिकाको बलात्कार गर्ने मान्छे भेटिएका छ्रैनन् ।’उनले भने ‘मलाइ त लाग्छ ति अपराधीहरु पनि ओली जीहरुले नै सँरक्षण गरेर राख्नुभएको होला ।’

उनले सँसद विघठनको विषय अदालतमा पुगेको भन्दै आफूले सवोच्च अदालतका न्यायाधिकलाई कानूनबमोजिम निर्णय लिन आग्रह गरेको बताए । विधि र नियमबमोजिम संसघ पुनःस्थापर्ना हुनेतर्फ आफु ढुक्क रहेको भन्दै ओलीको गलत कदमलाई अदालतले साथ नदिने स्पष्ट पारे ।