झापा : झापा भद्रपुर९२ स्थित कमलधाप बस्ने ५० बर्षीया सिता दाहालको जङ्गली हात्तीको आक्रमणबाट मृत्यु भएको छ ।

आज दिउसो साढे १ बजे सोही स्थानमा रहेको जङ्गलमा साथीहरूसँग घाँस काट्न गएको अवस्थामा एक्कासि जङ्गली हात्ती आई सिता दाहाललाई आक्रमण गर्दा उनी गम्भीर घाइते भएकी थिइन ।

गम्भीर घाइते भएकी उनलाई उपचारार्थ लादै गर्दा उनको बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।