धरान : राष्ट्रिय प्रजातन्त्र दिवस धरानमा पनि ३ दिनसम्म मनाइने धरान उपमहानगरपालिकाले जनाएको छ ।

धरान उपमहानगरपालिकाले एक सूचना जारी गरी प्रजातन्त्र दिवसको अवसर पारेर गृह मन्त्रालयको निर्णय अनुसार फागुन ६, ७ र ८ गते धरानमा पनि प्रजातन्त्र दिवस मनाइन लागिएको हो ।

गृह मन्त्रालय अन्तर्गत जिल्ला प्रशासन कार्यालयले प्रजातन्त्र दिवस मनाउन परिपत्र गरे अनुसार सबै सरकारी कार्यालय,सङ्घ संस्था, शैक्षिक संस्था तथा प्रतिष्ठान र घर घरमा फागुन ६, ७ र ८ गते साँझ दीपावली गर्ने धरान उपमहानगरपालिकाले जनाएको छ ।

यसै गरी, प्रजातन्त्र दिवस केन्द्रित विभिन्न सांस्कृतिक, साहित्यिक, सिर्जनात्मक तथा प्रतियोगितात्मक कार्यक्रमहरूको पनि आयोजना गरिने धरान उपमहानगरपालिकाका वरिष्ठ प्रशासकीय अधिकृत गणेशप्रसाद खतिवडाद्वारा हस्ताक्षरित सूचनामा उल्लेख गरिएको छ । सूचनामा विभिन्न खेलकुद प्रतियोगिताहरू पनि आयोजना गरिने जानकारी दिएको छ ।

Suchana