धरान : झापाको बुद्धशान्ती ३ बाट लागुऔषध ट्याब्लेट सहित दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सोही स्थानका २३ वर्षीय निपुल लिम्बु र २२ वर्षीय समीर खान रहेका छन् ।

हिजो राती साढे ११ बजे बाटोमा हिँडिरहेका दुबैलाई नियन्त्रणमा लिई चेक गर्दा उनीहरूको साथबाट नाट्रोभेट ३७ ट्याब्लेट लागुऔषध फेला पारी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।