धरान : इलाम इलाम नगरपालिका ७ तिल्केनी स्थित राजमार्गमामा अटो दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा अटो चालक इलाम ९ का २२ वर्षीय अबिकल सुन्दास रहेका छन् । हिजो बेलुका साढे ८ बजे मे १ ह ३०२२ नम्बरको अटो आफै अनियन्त्रित भई दुर्घटना हुँदा सुन्दास गम्भीर घाइते भएका थिए ।

गम्भीर घाइते भएका सुन्दासलाई उपचारार्थ विराटनगर तर्फ ल्याउँदै गर्दा राती ११ बजे उनको बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ईलामले जनाएको छ ।