झापा : चिनियाँ लगानीमा दमकमा निर्माणाधीन अवस्थामा रहेको क्लिन पार्कको आगामी फागुन १६ गते प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गर्ने कार्यक्रम छ ।

तर, प्रधानमन्त्रीले शिलान्यास गर्न लागेको सो पार्कका पीडितलाई न्यायोचित सम्बोधन गर्नुपर्ने र उनीहरूको रोजगारको ग्यारेन्टी गर्नुपर्ने सङ्घीय लिम्बुवान मञ्च नेपालले माग गरेको छ ।

मङ्गलवार प्रेस विज्ञप्ति मार्फत छ बुँदे माग अगाडि सारिएको छ । झापाको गौरादह र दमक नगरपालिकामा जोडिएको हजारौँ विगाह जमिनमा बन्न लागेको क्लिन पार्क पीडितहरूले न्यायोचित मुआब्जा प्राप्त नगरेको भन्दै मञ्चले तत्काल वैज्ञानिक ढङ्गले पीडितहरूको मुआब्जा वितरण गर्न माग गरेको छ ।

सङ्घीय लिम्बुवान मञ्च नेपालका उपमहासचिव तथा सञ्चार प्रमुख दिलकुमार लावतीद्वारा हस्ताक्षरित विज्ञप्तिमा पीडितहरूलाई न्यायोचित सम्बोधन गर्दै रोजगारीको ग्यारेन्टी गर्नुपर्ने माग गरिएको छ ।

मञ्चले वर्तमान सरकारको असंवैधानिक एवम् अलोकतान्त्रिक कदमको विरोध गर्दै देशको विद्यमान राजनीतिक समस्यालाई तत्काल समाधान गर्न विगठित प्रतिनिधि सभा पुनर्स्थापना गर्न माग गरेको छ ।

साथै प्रदेश न. १ को नामकरण लिम्बुवान, खम्बुवानरकिरात घोषणा गर्न माग गरेको छ । साथै शक्तिशाली सर्वजातीय सभा गठन गर्न समेत मञ्चले विज्ञप्ति मार्फत माग गरेको हो ।

आदिवासी जनजातिहरूको आइएलओ १६९ प्रत्याभूत गरेको जल, जङ्गल र जमिन माथिको हस्तक्षेप तत्काल बन्द गर्न समेत विज्ञप्ति मार्फत माग गरेको छ ।

यसैबिच सङ्घीय लिम्बुवान मञ्च नेपालले बुधवार गौरादह बजारमा जनप्रदर्शन गर्ने भएको छ । सभालाई मञ्चका अध्यक्ष कुमार लिङ्देन ९मिराक० लगायतका नेताहरूले सम्बोधन गर्ने बताएको छ ।

Press-Bigyapti