झापा : मोटरसाइकल दुर्घटनामा परी झापामा एक युवकको घटनास्थलमै मृत्यु भएको छ ।

मृत्यु हुनेमा झापा गाउँपालिका ६ शरणामति बस्ने २२ वर्षीय सनम तामाङ रहेको प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए ।

प्रहरीका अनुसार मङ्गलवार साँझ साढे ६ बजेको समयमा झापा गाउँपालिका ७ स्थित सानो माई खोलाको पुलमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको को १३ प ९०० नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ ।

दुर्घटनामा परी तामाङको घटनास्थलमै मृत्यु भएको डिएसपी राकेश थापाले जानकारी दिए ।

यता घटना पश्चात् प्रहरी चौकी शरणामतिको टोली घटनास्थल पुगेर कानुनी प्रक्रिया पुरा गरी शवलाई पोस्टमार्टम लागि अस्पताल पठाइसकेको जनाइएको छ ।