झापा : दमकको ग्रामीण क्षेत्रमा अझै पनि शुद्ध खानेपानी पुगेको छैन । जसले गर्दा आर्सेनीक मिश्रित पानी सेवन गर्न बाध्य छन् ।

यही समस्यालाई समाधान गर्न दमक नगरपालिका वडा नं २ ले पानी छान्ने फिल्टर वडावासीलाई वितरण गरेको छ । विना फिल्टर आर्सेनीक मिश्रित पानी सेवन गर्न बाध्य रहेका वडाका ५५ परिवारलाई निःशुल्क रूपमा फिल्टर वितरण गरिएको हो ।

नागरिकको स्वच्छ र सफा पानी पाउने अधिकारलाई सुरक्षित गर्न निःशुल्क फिल्टर वितरण गरिएको वडाध्यक्ष प्रजापति सापकोटाले बताए ।

पहिलो चरणमा ५५ जना दलित तथा विपन्न परिवारलाई निःशुल्क फिल्टर वितरण गरिएको हो ।

वडाका सामाजिक विकास शीर्षक अन्तर्गत २ लाख रुपैयाँको लागतमा वडावासीलाई सुद्ध पानी प्रयोग गर्न सहयोग होस भनेर फिल्टर वितरण गरिएको वडा सचिव बालकृष्ण कोइरालाले जानकारी दिए ।