धरान : मोरङको मिक्लाजुङ गाउँपालिका – १ बर्खेका प्रधानाध्यापक राजेन्द्र श्रेष्ठको हत्या गरेको आरोपमा नेत्रविक्रम चन्द विप्लवसहित ४२ जना विरुद्ध जिल्ला अदालत अदालतमा मुद्दा दर्ता भएको छ ।

मिक्लाजुङ-१ बर्खेको सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक राजेन्द्र श्रेष्ठको हत्या आरोपमा विप्लव सहित ४२ जना विरुद्ध ‘अपहरण तथा कर्तव्य ज्यान’ अभियोगमा गत सोमबार मोरङ अदालतमा मुद्दा दर्ता भएको हो ।

सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक ५४ वर्षीय शिक्षक श्रेष्ठको गत मङ्सिर २३ गते हत्या भएको हो । श्रेष्ठको हत्या अभियोगमा हतियार सहित पक्राउ परेका डिबि सिलवाल भनिने धनबहादुर विकलाई हत्याको प्रमुख योजनाकार रहेको मोरङका प्रहरी प्रमुख सन्तोष खड्काले जानकारी दिएका छन् ।

हत्या भएको २० दिनपछि मिसन सफल बनाएको भन्दै मेची कोसी ब्युरो सदस्य धनबहादुर विप्लव समूहको मोरङ जिल्ला इन्चार्जको जिम्मेवारी धनबहादुरलाई दिएको पाइएको खड्काले बताए ।

विप्लव समूहले हत्याको मिसन गोप्य ढङ्गले सफल पारेको, प्लान कहीँ कतैबाट फेल नखाएको र विज्ञप्ति निकाल्दा पनि प्रहरीले सुइँको नपाएको, क्रान्ति तथा राजनीति योग्य व्यक्ति रहेको भन्दै सदस्य रहेका धनबहादुरलाई मेची कोसी ब्युरोका इन्चार्ज रहेका पूर्व प्रताप भनिने थमन सिंह राईले जिल्ला इन्चार्ज तोकेका थिए ।

मोरङ इन्चार्ज धनबहादुरलाई मोरङ प्रहरीले पक्राउ गरी सरकारी वकिलको कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको थियो । सरकारी वकिलको कार्यालयले पक्राउ परेका बिक सहित ४१ जनालाई फरार प्रतिवादी बनाएर अदालतमा अभियोग दर्ता गरेको मोरङ अदालतले जनाएको छ ।

अदालतमा विसम भन्ने सन्तोष बुढा मगर, प्रकाण्ड भन्ने खड्ग बहादुर विश्वकर्मा, प्रताप भन्ने थमन सिंह राई, शैलेस भन्ने चन्द्र बहादुर बुढाथोकी, योग भन्ने सञ्जय राई, विवश भन्ने पुष्पलाल चौलागाईंलाई फरार प्रतिवादी बनाएर मुद्दा दर्ता गरेको हो ।

त्यस्तै दर्शन भन्ने नवीन राई, दर्शन थापा भन्ने विशाल मगर, आकाश भन्ने माधव गौतम, उत्तरकुमार राई भन्ने युवराज राई, भीम भन्ने कुमार राई, सञ्जीव मगर, ङवाङनुरु भन्ने पेम्बा शेर्पा, अमृत सागर भन्ने योगेन्द्र बस्नेत, शिलु भन्ने उमा भुजेल, सुमन सिंह पौडेल, बालकुमार राई भन्ने राकेश राई, मिलन राई, नाती भन्ने बासन राई, अखिल भन्ने मनोज भुजेल, लुङ्गा भन्ने सुदम लुङखिम्बा, उमेश खत्री, संग्राम भन्ने पुर्णबहादुर थलङ ९लिम्बु०, आशिष् भन्ने विक्रम राई, बिर्जुम भन्ने श्रीमान् राई, विशाल लुङखिम्वा लिम्बु, सङ्गम आङदेम्बे, अनुष्का राई, हेतु साउदेन लिम्बु, मौसम भन्ने जितमान राई, अविनाश भन्ने डम्बर मगर र महावीर भन्ने जितेन्द्र महरा विरुद्ध अदालतमा मुद्दा दर्ता भएको छ ।

गत मङ्सिर २३ गते शिक्षक श्रेष्ठको घाँटी रेटेर हत्या गरेको अवस्थामा घरदेखि ५ सय मिटरमा बर्खेको जङ्गलमा शव भेटिएको थियो । हत्या गरेकै दिन नेपाल कम्युनिस्ट पार्टीको विप्लव समूहले प्रेस विज्ञप्ति प्रकाशित गर्दै घटनाको जिम्मा लिएको थियो ।

विप्लव समूहको नेकपाका महासचिव नेत्रविक्रम चन्द ९विप्लव०को निर्देशनमा सोही समूहमा आबद्ध रहेका मोरङ मिक्लाजुङ ८ का महावीर भन्ने जितेन्द्र महरा लगायतले शिक्षक श्रेष्ठको घरदेखि अपहरण गरी दुवै हात बाँधी देउ ढुङगा जङ्गलमा लगि हत्या गरेको अभियोग पत्रमा उल्लेख छ ।

हत्याको घटनामा विभिन्न जिल्लाका विप्लव समूहका कार्यकताहरुको मिलेमतो रहेको अनुसन्धानमा खुलेको बताउँदै खड्काले भने १२ जना प्रहरीको टोली गठन गरी सर्च अप्रेसन चलाएर थप अनुसन्धान गरिरहेको छौ । रिजल्ट छिटै आउँछ ।