धरान : जबरजस्ती करणी उद्योग मुद्दामा फरार रहेका युवालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा उदयपुरको बेलका ५ लाल बजार बस्ने २६ वर्षीय शीतल भन्ने रविन बिक रहेको उदयपुरका प्रहरी प्रमुख भीम दाहालले जानकारी दिए ।

दाहालका अनुसार जबरजस्ती करणी उद्योगको मुद्दामा उदयपुर अदालतले मिति २०७२ जेठ ३ गते २ वर्ष ११ महिना १४ दिन कैद सजाय तोकिएको थियो । सोही दिन देखी उनी फरार रहेका थिए ।

फरार रहेका रविनलाई फरार सूचीमा रहेकाहरूलाई पक्राउ गर्ने अभियान अन्तर्गत खोज तलास गर्ने क्रममा सुनसरीको चतरामा लुकीछिपी बसिरहेको भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय चतरा र सुनसरी प्रहरी सँग आवश्यक समन्वय गरी इलाका प्रहरी कार्यालय रामपुरठोक्सिला उदयपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो ।