धरान : मोरङको बेलबारी ११ का ४३ वर्षीय प्रकाश बस्नेत लागुऔषध सहित पक्राउ परेका छन् ।

आज दिउसो १ बजे विराटनगर १६ स्थितबाट उनलाई लुपिजेसिक १४ एम्पुल, डाईजापाम १४ एम्पुल, एभिल १४ एम्पुल, फेनारगन १४ एम्पुल सहित पक्राउ गरिएको इलाका प्रहरी कार्यालय रानीले जनाएको छ ।