धरान : सुनसरी र तेह्रथुममा भएको दुई छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु भएको छ ।

सुनसरीको इटहरी १६ लबीपुरकी ६५ बर्षीया सोमनि चौधरीको तेल बोक्ने ट्याङ्करको ठक्करबाट मृत्यु भएको छ ।

बिहीबार साढे ४ बजे सोही स्थानको लबीपुर स्थित राजमार्गमा ना ४ ख ९९११ नम्बरको तेल बोक्ने ट्याङ्करले पैदल यात्री सोमनि चौधरीलाई ठक्कर दिँदा घटनास्थलमानै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

ट्याङ्कर, ट्याङ्कर चालक सुनसरी इटहरी १७ बस्ने कृष्ण न्यौपाने प्रहरीको नियन्त्रणमा रहेका छन् ।

यस्तै तेह्रथुमको लालीगुराँस ७ फिर्के बस्ने ५४ वर्षीय कृष्ण खड्काको चट्याङ लागेर मृत्यु भएको छ । बिहीबार तीन बजे आफ्नै घर नजिक रहेको गोठमा खोले पकाई रहेको अवस्थामा बर्षासंगै परेको चट्याङमा परि बेहोस भएका थिए ।

बेहोस खड्काको स्थानीय स्वास्थ्य केन्द्रमा उपचारको क्रममा बिहीबार बेलुका पौने ७ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ ।