विराटनगर : ७१ औ प्रजातन्त्र दिवसको अवसरमा आज प्रदेश १ सामाजिक विकास मन्त्रालयले फलफूल वितरण गरेको छ ।

विराटनगरका विश्वेश्वर बृद्धाआश्रम, मानव सेवा आश्रम र महिला जागृति केन्द्रका बृद्धबृद्धालाई फलफूल र बिहानको खाना खुवाइएको सामाजिक विकास मन्त्रालय, सामाजिक विकास महाशाखा प्रमुख दुर्गा भण्डारी बरालले जानकारी दिए ।

उनका अनुसार महिला जागृति केन्द्रका आश्रित बृद्धाहरुलाई बिहानको खाना र विश्वेश्वर बृद्धाआश्रम र मानव सेवा आश्रममा फलफूल वितरण गरिएको छ ।

कार्यक्रममा सामाजिक विकास मन्त्रालयका सचिव गोविन्दबहादुर कार्की, सामाजिक विकास महाशाखा प्रमुख बराल लगायतको उपस्थिति रहेको थियो ।