धरान : आज धरानमा दिनभरि विद्युत अवरुद्ध हुने भएको छ ।

आज बिहान ९ बजे देखी भरै बेलुका ४ बजे सम्म विद्युत् आपूर्ति बन्द हुने नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र धरानका प्रमुख प्रताप बरालले जानकारी दिएका छन् ।

बरालका अनुसार निर्माणाधीन ३३ केभी धरान सर्किटको टावर नं ४४ देखि ४८ सम्म कन्डक्टर स्तरोन्नति तथा स्विच जडान गर्ने भएकाले आज बिहान ९ बजे देखि अपराह्न ४ बजे सम्म विद्युत् अवरुद्ध हुने भएको हो ।

आज धरान उपमहानगरपालिका र बराहक्षेत्र नगरपालिकाको वडा नं १ र २ मा लाइन अवरुद्ध हुने प्राधिकरणले जनाएको छ । उल्लेखित समय भन्दा अगावै काम सम्पन्न भए लाइन अगावै पनि सुचारु हुने धरान वितरण केन्द्रले जनाएको छ ।