धरान : 'ओली युगको अन्त्य' भएको भन्दै प्रचण्ड-नेपाल समूहले धरानको भानुचौकमा खुसीयाली मनाएको छ । सुनसरी क्षेत्र नं. १ का सांसद जयकुमार राई, प्रचण्ड-नेपाल समूहका कार्यकर्ताहरूको उपस्थितिमा अबिर दलेर खुसीयाली मनाएका हुन ।

अदालतको फैसलाले लोकतन्त्र र सत्यको जित भएको सांसद राईले बताए ।

नेपाल विद्यार्थी सङ्घ जिल्ला कार्यसमिति सुनसरीले इटहरीमा दीप प्रज्वलन गरेको छ । सर्वोच्च अदालतले सम्सद पुनर्स्थापना पक्षमा फैसला गरेपछि नेबिसङ्घले दीप प्रज्वलन गरेको हो । 

गत पुष ५ गते भएको प्रतिनिधिसभा विघटन विरुद्ध परेको मुद्दामा सर्वोच्च अदालतले संसद विघटन बद्दर गरेपछि देशैभर दिपप्रज्वलन भएको हो ।

nebi-sang-khusali

ठुलो विपत्तिबाट देश बचेको भन्दै नागरिक समाज, नेकपा प्रचण्ड-नेपाल समूह तथा नेपाली काँग्रेसले खुसीयाली मनाइरहेको छ । इटहरीमा आयोजित कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका युवा नेता विकास केसीले काँग्रेसमा माग सम्बोधन भएको बताए।

सर्वोच्च अदालतको फैसलाले लोकतन्त्र प्रेमि उत्साह थपेको उनको भनाइ थियो । नेबिसङ्घ जिल्ला सभापति मन्दिर भट्टराईले ओलितन्त्रको अन्त्य भएको धारणा राखे । 

ओली युगको अन्त्य भएको भन्दै अब देशमा न्याय र लोकतन्त्र जीवित रहेको प्रमाणित भएको उनको तर्क छ । त्यससँगै इटहरी चोकमा नेकपा प्रचण्ड-नेपाल समूहका युवाहरूले समेत दिप प्रज्वलन गरेका थिए ।