बेलबारी : मोरङको बेलबारी नगरपालिकाले घरघरमा गएर ज्येष्ठ नागरिकलाई सम्मान गर्न थालेको छ ।

९० वर्ष भन्दा बढी उमेर समूहका जेष्ठ नागरीकलाई घर-घरमा गएर नगरपालिकाले सम्मान गर्न थालेको हो । २ नम्बर वडा कार्यालयबाट सम्मान सुरु गरिएको छ ।

घरघरमै पुगेर जेष्ठ नागरीक आमाबुबाहरूलाई बलाङकेट तथा सुइटर लगायतका सामाग्रीहरू दिएर सम्मान गरिएको नगर प्रमुख ज्ञानेन्द्र सुवेदीले बताए । 
सबै वडामा पुगेर ज्येष्ठ नागरिकहरूलाई सम्मान गर्ने सुवेदीको भनाई रहेको छ । सम्मान पाउँदा ज्येष्ठ नागरिकहरू समेत खुसी भएका छन् ।

सम्मान पाउँदा छोरा छोरी जस्तै लागेको ज्येष्ठ नागरिकको भनाई रहेको छ ।

नगरपालिकाले गरेको सम्मानले हौसला मिलेको बेलबारी-२ की ९३ वर्षीय हरि माया कणेलले बताइन । सम्मान कार्यक्रममा बेलबारी नगरपालिकाकी उप प्रमुख ढाका कुमारी पराजुली तथा प्रमुख प्रशासकीय अधिकृत प्रदीप शाहको सहभागिता रहेको थियो ।

नगर  भित्रका १ सय २ जनालाई सम्मान गरिने नगरपालिका कार्यालयले जानकारी दिएको छ । एक्टिभ नेपालको सहयोगमा नगरपालिकाले ज्येष्ठ नागरिकहरूलाई  सम्मान गरेको हो ।