धरान : इटहरीबाट धरान आउने क्रममा चारकोशे जङ्गलमा कार आफै अनियन्त्रित हुँदा दुर्घटना भएको छ ।

विश्वकर्मा मन्दिर नजिक दिउँसो भएको दुर्घटनामा धरानका ५७ वर्षीय व्यवसायी कृष्णकुमार अग्रवाल र ५३ वर्षीय बबिता अग्रवाल घाइते बनेको ट्राफिक प्रहरी कार्यालय धरानले जनाएको छ ।

उनीहरू नाताले दाजु बहिनी हुन् ।

को १ च ७५५३ नम्बरको कार दुर्घटनामा घाइते अग्रवाल दाजु बहिनीलाई तत्काल उपचारको लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको छ ।

घाइतेमध्ये कृष्णकुमारको खुट्टामा चोट लागेको छ भने बबिताको अवस्थामा सामान्य नै रहेको प्रहरीले जानकारी दिएको छ ।

कार सडकबाट कल्भर्ट भएको नालीमा खसेको थियो भने गाडीको सिसा फुट्नुका साथै अन्य क्षति भएको प्रहरीको भनाई छ ।

krishna-kumar-agrawal