धरान : सुनसरीको बराहक्षेत्र नगरपालिका-५ का २५ वर्षीय डिगन गुरुङको बोलेरोको ठक्करबाट मृत्यु भएको छ ।

गए राति पौने १२ बजे बराहक्षेत्र नगरपालिका-५ भरोलमा दक्षिण तर्फ जाँदै गरेको को १ ज ३७६१ नम्बरको बोलेरो गाडीले विपरीत दिशाबाट आउँदै गरेको ना ३९ प ५०७६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटसाईकलमा सवार सोही स्थान बस्ने २६ वर्षीय कृष्ण कुमार राजधामी र २५ वर्षीय डिगन गुरुङ गम्भीर घाइते भएका थिए ।

घाइते मध्ये डिगन गुरुङको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा गए राती पौने १ बजे मृत्यु भएको थियो भने कृष्ण राजधामीको प्रतिष्ठानमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय महेन्द्रनगर सुनसरीले जनाएको छ ।

ठक्कर दिने बोलेरो र चालक उदयपुर चौदण्डी नगरपालिका बस्ने उदेश राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।