धरान : खोटाङको साकेला गाउँपालिका ४ मात्तिमका ३७ वर्षीय निर कुमार चाम्लिङ राईको माछा मार्ने क्रममा करेन्ट लागेर मृत्यु भएको छ ।

हिजो दिउसो साढे १ बजे रावाबेसी गाउँपालिका १ स्थितमा पर्ने रावा खोलामा निर कुमारले करेन्ट लगाएर माछा मार्ने क्रममा करेन्ट आफैलाई लागेर घटनास्थलमानै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।