धरान : झापाको दमक नगरपालिका-९ का २५ वर्षीय रोशन दर्जीलाई लागुऔषध ब्राउनसुगर सहित पक्राउ गरिएको छ ।

आज दिउसो ३ बजे इलाका प्रहरी कार्यालय काँकडभिट्टा र लागुऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर नगरपालिका-६ स्थित मेची पुलमा चेक गर्ने क्रममा रोशन दर्जीलाई ५ ग्राम ब्राउनसुगर सहित पक्राउ गरिएको हो ।

पक्राउ परेका दर्जी माथि अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय काँकडभिट्टा झापाले जनाएको छ ।