इटहरी : इटहरी २० तरहरामा बस्दै आएका युवा बिहीबार बिहान मृत भेटिएका छन् ।

मजदुरी गर्दै आएका उनले अत्यधिक मादक पदार्थ सेवनको कारण आत्महत्या गरेको हुने सक्ने अनुमान गरिएको छ ।

इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी निरीक्षक केशव कटवालका अनुसार तरहरास्थित धनपुरी टोलमा कोठा भाडामा बस्दै आएका खोटाङ निर्मलीडाँडा घर भएका २० वर्षीय नीमा शेर्पा मृत फेला परेका हुन् ।

वालको रडमा झुन्डिएको अवस्थामा फेला परेको उनको भनाइ छ । शवलाई पोस्टमार्टमका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान पठाइएकोले रिपोर्ट आएपछि मात्र थप अनुसन्धान हुने कटवालले बताए ।

गत श्रावण देखि हालसम्म इटहरीमा १७ वटा आत्महत्याका घटना भएकाछन । विगत ६ वर्षमा मात्रै १८४ वटा आत्महत्याका घटना भएको प्रहरीको रिपोर्ट छ ।