बराहक्षेत्र : बराहक्षेत्र नगरपालिका वडा नम्बर ३ महेन्द्र माविको खेलमैदानमा जारी दोस्रो न्यु जेनेरेसन च्यालेन्ज कप २०७७ फुटबल प्रतियोगितामा शान्तिनगर फुटबल क्लब इटहरी फाइनलमा प्रवेश गरेको छ ।

बिहीबार भएको अन्तिम सेमिफाइनल खेलमा पन्चायन फुटबल क्लब र शान्तिनगर फुटबल क्लब इटहरी बिच भएको निकै प्रतिस्पर्धात्मक खेलमा पन्चायन फुटबल क्लब रामधुनीलाई २ विरुद्ध ४ गोलले पाखा लगाउँदै शान्तिनगरले फाइनलमा आयोजक रातो सँग आइतबार प्रतिस्पर्धा गर्ने भएको छ ।

शान्तिनगर फुटबल क्लबका जर्सी नम्बर ७ का शेखर लिम्बूले खेलको पहिलो हाफको १७
मिनेटमा गोल गर्दै पहिलो खाता खोलेका थिए भने खेलको २५ मिनेटमा पन्चायन फुटबल क्लब जर्सी नम्बर १० तीर्थ बस्नेत गोल गर्दै खेल बराबर बनाएका थिए ।

पहिलो हाफ सम्म १-१ गोल हुँदै खेल निकै प्रतिस्पर्धात्मक रहेको खेल दोस्रो हाफमा शान्तिनगर फुटबल क्लबका जर्सी नम्बर ७ शेखर लिम्बुले ५ मिनेटमा गोल गर्दै खेललाई अग्रता दिलाएका थिए । पुन: शान्तिनगरका जर्सी नम्बर १२ विशाल पाण्डेले खेलको ६ मिनेटमा गोल गर्न सफल भएका थिए ।

शान्तिनगर फुटबल क्लबका जर्सी नम्बर १९ क्याप्टेन समेत रहेका सुसन लामाले खेल १९ मिनेटमा गोल गर्दै खेललाई अग्रता दिएका थिए भने खेलको २७ मिनेटमा पन्चायन फुटबल क्लब रामधुनिका जर्सी नम्बर १० तीर्थ बस्नेतले थप गोल गर्दै खेललाई २ विरुद्ध ४ गोलको अग्रता दिलाए

शान्तिनगर फुटबल इटहरीले फाइनल आयोजक रातो सँग आइतबार १६ गते भिड्नेछ।

पन्चायन फुटबल क्लब गोल गर्न पाएको थुप्रै अवसरहरू चुकाउँदा खेल हार ब्यहोर्नु परेको थियो ।खेल भर उत्कृष्ट प्रदर्शन गर्न सफल शान्तिनगरका जर्सी नम्बर ७ शेखर लिम्बु खेलको म्यान अफ द म्याच घोषित भए । उनले एक हजार १ सय प्राप्त समेत गरे ।

शनिवार हुने भनेको फाइनल खेल विभिन्न कारणले गर्दा फाइनल खेल आइतबार १६ गते हुनेछ ।

ए डिभिजन क्लबका खेलाडीले भरिएको आयोजक रातो र शान्तिनगर फुटबल क्लब इटहरी बीच हुने आयोजक क्लबका अध्यक्ष अजित राजधामिले बताए ।

प्रतियोगितामा विजेताले ५१ हजार १सय ११ रुपैयाँ ट्रफी, प्रमाणपत्र प्राप्त गर्ने छन् भने उपविजेताले ट्रफी, प्रमाणपत्रसँगै ३१ हजार १ सय ११ रुपैयाँ प्राप्त गर्ने आयोजक क्लबका अध्यक्ष अजित राजधामीले जानकारी दिए ।