धरान : पिण्डेश्वर विद्यापीठ धरानका नवनियुक्त प्राचार्य काशीनाथ पौडेलले पद बहाली गरेका छन् ।

विद्यापीठमा आयोजित एक कार्यक्रमका बिच निवर्तमान प्राचार्य प्रा। डा। चन्द्रमणि नेपालले नवनियुक्त प्राचार्यलाई बधाई ज्ञापन गर्दै स्वागत गरेका थिए ।

नवनियुक्त प्राचार्य पौडेलले निवर्तमान प्राचार्य नेपाललाई धन्यवाद ज्ञापनका साथमा बिदाइको मायाको चिनो पनि प्रदान गरे । नवनियुक्त प्राचार्य पौडेलले विद्यापीठको समग्र विकासका लागि सबैको साथ र सहयोगमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

सो अवसरमा विद्यार्थी, प्राध्यापक तथा कर्मचारीहरूले समेत नवनियुक्त प्राचार्य पौडेललाई बधाई दिएका छन् । सहप्रा. सागरमणि सुवेदीले सञ्चालन गरेको सो कार्यक्रममा निवर्तमान प्राचार्य नेपालले आफ्ना अनुभवहरूका साथमा नवनियुक्त प्राचार्यलाई पूर्ण सहयोग गर्ने वचनबद्धता समेत प्रकट गरेका थिए ।

Kashinath-Paudel-Padbahali