धरान : नेपाली काङ्ग्रेसको भातृ संगठन नेपाल आदिवासी जनजाति सङ्घ धरान उपमहानगर कार्यसमितिको संयोजकमा दिपचन्द्र राई चयन भएका छन् ।

लामो समय सम्म निष्क्रिय रहेका साथै राष्ट्रको नयाँ संरचना अनुसार समायोजन हुन बाँकी रहेको कार्यसमितिलाई आवश्यकता अनुसार विघटन गरी पुनर्गठन गर्ने केन्द्रीय कार्यसमितिको परिपत्र अनुसार नेपाल आदिवासी जनजाति सङ्घ सुनसरी जिल्लाको बैठकको निर्णय अनुसार दिपचन्द्रलाई संयोजकमा चयन गरिएको हो ।

“नेपाल आदिवासी जनजाति सङ्घ धरान कार्यसमिति लामो समय देखि निष्क्रिय रहेको थियो । १ महिना भित्र सम्पूर्ण कार्यसमितिका पदाधिकारी र सदस्यहरू पूरागरी जिल्ला कार्यसमितिमा जानकारी गराउनु पर्ने निर्देशन सहित जिम्मेवारी दिइएको जानकारी समेत नेपाल आदिवासी जनजाति सङ्घका जिल्ला सभापति गोपाल राईले बताएका छन् ।

नेपाल आदिवासी जनजाति सङ्घ प्रदेश नम्बर १ का संयोजक नन्दराज राईले दिपचन्द्र बान्तवा राईलाई शुभकामना दिँदै दिपचन्द्रले समितिलाई चुस्त दुरुस्त बनाएर लानेमा पूर्ण विश्वास रहेको जानकारी दिए ।