धरान : भारतको अररिया थाना नरपथगंज पोस्ट तलासी १० का ३४ वर्षीय सञ्जय सिंहलाई ठुलो परिमाणमा भारतीय रुपैयाँ सहित मोरङ प्रहरीले पक्राउ गरेको छ ।

बिहीबार बेलुका पौने ५ बजे विराटनगर –१७ मटेरुवा स्थितमा अस्थायी प्रहरी चौकी मटेरुवाबाट खटिएको प्रहरी टोलीले भारतबाट लुकी छिपी नेपालतर्फ आउँदै गरेका सञ्जय सिंहको साथबाट भारतीय रुपैयाँ ५सय दरको नोट ३८८ थान, २ हजार दरको नोट २६ थान गरी जम्मा भारतीय रुपैयाँ २ लाख ४६ हजार सहित नियन्त्रण लिएको इलाका प्रहरी कार्यालय रानीले जनाएको छ ।

श्रोत नखुलेको उक्त परिणामको रकम सहित पक्राउ परेका सिंहको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको तथा अन्य अनुसन्धानको लागी भन्सार कार्यालय विराटनगर बुझाउने तयारी भइरहेको उक्त कार्यालयले जनाएको छ ।