झापा : झापा प्रहरीले ब्राउनसुगर सहित दुई जनालाई पक्राउ गरेको छ ।

झापाको मेचीनगर नगरपालिका-८ का ३० वर्षीय लिप्सु राजवंशीलाई ब्राउन सुगर सहित पक्राउ गरिएको छ । शुक्रवार दिउसो साढे ३ बजे लागुऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले झापा मेचीनगर नगरपालिका-८ स्थितबाट WB74R1215 नम्बरको मोटरसाइकलमा सवार लिप्सु राजवंशीलाई चेक गर्दा उनको साथबाट ब्राउनसुगर १५ ग्राम, तौल गर्ने डिजिटल तराजु थान १ र मोटरसाइकल सहित नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय काँकडभिट्टाले जनाएको छ ।

त्यस्तै प्रहरी चौकी चारआली झापाबाट खटिएको प्रहरी टोलीले मेचीनगर नगरपालिका-११ हडिया खोलाबाट शुक्रवार साँझ ६ बजे चेक गर्ने क्रममा सोही स्थान बस्ने ३४ वर्षीय सज्नु कुमार कामीलाई ब्राउनसुगर ३५० मिलिग्राम सहित फेला पारी नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय धुलाबारी झापाले जनाएको छ ।