धरान : इटहरी-३ का १८ वर्षीय गजेन्द्र राईको ट्र्याक्टर दुर्घटनामा परी मृत्यु भएको छ ।

आज बिहान ८ बजे मोरङ केराबारी-५ स्थित भित्री सडक खण्डमा को २ त ५५०० नम्बरको ट्र्याक्टर आफै अनियन्त्रित भई दुर्घटना हुँदा सह चालक गजेन्द्र राई गम्भीर घाइते भएका थिए ।

घाइते राईको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा बिहान ९ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । ट्र्याक्टर र चालक इटहरी ३ का २७ वर्षीय राम दर्जीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।