धरान : धरान १४ नम्बर वडा कार्यालय र नव दृष्टि आँखा अस्पतालको संयुक्त आयोजनामा शनिवार धरान १४ विजयपुरमा निःशुल्क आँखा शिविर सम्पन्न भएको छ ।

१४ नम्बर वडामा बसोबास गर्ने आँखाका बिरामी र वृद्ध बृद्धाहरुलाई लक्षित गरी दन्तकाली माविमा सञ्चालन भएको आँखा शिविरमा १ सय जनाले आँखा परिक्षण गरेको १४ नम्बर वडा कार्यालयका वडा सचिव अनीश काफ्लेले जानकारी दिए ।

जस मध्ये १३ जनाको मोतीबिन्दु सम्बन्धी निःशुल्क शल्यक्रिया गरिने र ९ जनाको आँखाको शल्यक्रिया गरिने छ ।
शिविरमा २६ जनालाई निःशुल्क चस्मा पनि वितरण गरिएको थियो । शल्यक्रियाका लागि नवदृष्टि आँखा अस्पतालमा गएर गराउनुपर्ने छ ।

वडामा आँखाका रोगीहरूले सर्वसुलभ उपचार पाउन भन्ने उद्देश्यले यो आँखा शिविर सञ्चालन गरिएको वडाध्यक्ष कृष्णप्रसाद भट्टराईले बताए ।