झापा : प्रधानमन्त्री केपी शर्मा ओली गृह जिल्ला झापा आइपुगेका छन् ।

यति एयरलाइन्सको पहिलो उडानबाट उनी भद्रपुर अवतरण गरेर गृह नगर दमक आएको नेकपाका केन्द्रीय सदस्य एवम् प्रधानमन्त्रीका सचिवालय सदस्य होमबहादुर थापाले जानकारी दिए ।

भद्रपुर विमानस्थलमा प्रधानमन्त्री ओलीलाई प्रदेश नं. १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासी, प्रदेश नं. १ का मुख्यमन्त्री सेरधन राई, भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्त नेम्वाङ, सांसद्हरु, नेकपाका केन्द्रीय नेताहरू, पालिकाहरूको मेयर तथा अध्यक्षहरू र सयौँ कार्यकर्ता भव्य स्वागत गरेका थिए ।

झापामा आज विभिन्न कार्यक्रमहरूमा सहभागी भई प्रधानमन्त्री साँझ ५ः३० बजे भद्रपुरबाटै यति एयरको जहाजबाट काठमाडौँ फर्किने कार्यक्रम रहेको छ ।