धरान : जिल्ला  प्रहरी कार्यालय उदयपुरले लागुऔषध  सहित एक युवालाई पक्राउ गरेको छ । 

जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी भीम दाहालका अनुसार  पक्राउ पर्नेमा उदयपुर ५  बस्ने वर्ष २५  वर्षीय प्रदीप शाक्य थारु रहेका छन् । 

शङ्कास्पद अवस्थामा हिँड्दै गरेका प्रदीपलाई  शङ्कालागि जाँच गर्ने क्रममा फेनरगन एम्पुल, नरफिन ३० एम्पुल र डाईजेल्याव ३० एम्पुल गरी जम्मा ९० एम्पुल  फेला परेको  प्रहरीले जनाएको छ । 

जिल्ला  प्रहरी कार्यालय उदयपुरले सञ्चालन गरेको अवैध  लागुऔषध नियन्त्रण गर्ने अभियान अन्तर्गत आज उनी  पक्राउ परेका हुन् । पक्राउ परेका प्रदीपको  थप अनुसन्धान भइरहेको  दाहालले बताए ।  उनले भने अनुसन्धानमा उनी व्यापारी भएको खुलेको छ ।