धरान : जनता समाजवादी पार्टीको धरान उपमहानगर समिति गठन भएको छ ।

पार्टीका वरिष्ठ नेता अशोक राईको प्रमुख आतिथ्यमा समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीबिचको समायोजन पछि ताजुब लिम्बूको अध्यक्षतामा ४१ सदस्यीय उपमहानगर समिति गठन गरिएको हो ।

समितिको उपाध्यक्षहरूमा बिना पुमा राई, प्रेम शाक्य र हेमराज याक्खा रहेका छन् । यसै गरी सचिव शम्भु राई , सहसचिवहरूमा सुमन चेम्जोङ, कमला सुब्बा र सीता राई रहेका छन् । यस्तै कोषाध्यक्षमा लक्ष्मी राई चुनिनु भएको छ ।

कार्यक्रम पार्टीका सुनसरी उपाध्यक्ष रबिन राईको अध्यक्षतामा सम्पन्न भएको थियो ।