धरान : मोरङको रतुवामाई बस्ने ५१ वर्षीय गौरीमान खड्काको ट्याक्टरको ट्रलीले किचेर मृत्यु भएको छ ।

आज दिउसो साढे १ बजे उर्लाबारी-१ टपुखोलामा प्रदेश १-०४-०१ त १२० नम्बरको ट्याक्टरमा गिटी लोड गर्ने क्रममा गौरीमानलाई ट्याक्टरको पछाडिको ट्रली पल्टेर किच्दा उनको घटनास्थल मानै मृत्यु भएको इलाका प्रहरी कार्यालय उर्लाबारी मोरङले जनाएको छ ।