धरान : उदयपुर प्रहरीले ६ बोरा सुर्ती बरामद गरेको छ ।

आज उदयपुर ६ लालपत्तामा काठमाण्डौबाट गाईघाट तर्फ आउदै गरेको बा ४ ख ८६४३ नम्बरको बसलाई प्रहरीले सोधपुछ गर्दा सुर्ती फेला परेको प्रहरीले जानकारी दिएको छ ।

चलालपत्ताबाट खटिएको विशेष प्रहरी टोलीले जाँच गर्दा अवैध रुपमा ल्याएको ६ बोरा कबिर सुर्ती फेला पारी नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा लिएको सुर्ति आवश्यक कारबाहीको लागी कर दाता सेवा कार्यालय उदयपुर,गाईघाट पठाएको प्रहरीले जनाएको छ ।